आजको मौसमी अवस्था


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । आइतबार देशका अधिकांश स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

प्रदेश नम्बर १ का थोरै स्थान तथा प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबार राति पनि प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश नम्बर २, बागमती प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान देशका प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भएको भइरहेको छ ।

बंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्