एमालेको बन्दसत्र शुरु, शुरुमै यस्तो देखिएपछि सुरक्षा व्यवस्था कडा


ओकेजनता डेस्क
१२ मंसिर २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । आइतबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु गरिएन ।

अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगएका थिए भने पदाधिकारीमा भने सहमति हुन सकेको छैन ।

यद्यपि आइतबार राति ८ बजेपछि भने बन्दसत्र सुरु हुने होटल सेभेन स्टारमा प्रतिनिधिहरु आउन थालेका छन् । प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्