भीम रावल र ओलीबीच भयो यस्तो सहमति, पार्टीमा ४० प्रतिशत रावलको कमाण्डमा


ओकेजनता डेस्क
१२ मंसिर २०७८, आईतवार

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आइतबार तेस्रो दिन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वलाई सर्वसम्मत चयन गर्ने सपना सजाएका छन् ।

यता, एमालेका उपाध्यक्ष डा. भीम रावलले एमालेको अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने बताइसकेका छन् । ओलीले यो पटक जसरी भएपनि नेतृत्वमा दोहरिन चाहेका छन् । यतिमात्र होइन, उनले आफ्नो मृत्युलाई देखाएर सहानुभुति बटुल्न खोजेका छन् ।

यसअघि पनि २०७५ जेठ २ गतेपछि बनेको नेकपाको अध्यक्ष बन्न ओलीले आफ्नो स्वास्थ्यलाई भजाएका थिए । त्यो कुरापछि उनले आफैले ओकले पनि । कतिपयले आफू छिट्टै मरिहाल्ने भन्दै डम्फू पिटेर भोज गरिरहेको बताएका थिए ।

अहिले पनि ओली अध्यक्षमा दोहरिन चाहान्छन्, रावलले उनलाई काउन्टर दिएका छन् । मतदानमा जाँदा परिणाम जे पनि हुनसक्ने भन्दै ओली डराएका छन् भने रावल उत्साहित देखिन्छन् ।

रावलले आफ्नो पक्षमा भिड नदेखेपनि एमालेभित्र उनी फरक धारको प्रतिनिधित्व गर्न चाहान्छन् । यदि सहमति भयो भने ओलीले उनलाई दिने वरिष्ठ उपाध्यक्ष हो, यो हुँदा उनको जबरजस्त प्यानल बन्ने देखिदैन ।

अहिले अध्यक्षमा उम्मेद्वारी दिएर हार व्यहोरेपनि उनलाई समर्थन गर्नेको सदासयता उनी सधैँभरी पाइरहनेछन् । पार्टीमा भोलि आफ्नो पकड देखाउनका निम्ति पनि रावलका लागि यो अग्निपरीक्षा हो । रावल अध्यक्षमा उठेपछि उनको कमाण्ड दरिलो बन्ने देखिन्छ ।

रावलले आफ्नो पक्षमा भिड नदेखेपनि एमालेभित्र उनी फरक धारको प्रतिनिधित्व गर्न चाहान्छन् । यदि सहमति भयो भने ओलीले उनलाई दिने वरिष्ठ उपाध्यक्ष हो, यो हुँदा उनको जबरजस्त प्यानल बन्ने देखिदैन ।

अहिले अध्यक्षमा उम्मेद्वारी दिएर हार व्यहोरेपनि उनलाई समर्थन गर्नेको सदासयता उनी सधैँभरी पाइरहनेछन् । पार्टीमा भोलि आफ्नो पकड देखाउनका निम्ति पनि रावलका लागि यो अग्निपरीक्षा हो ।

रावल निकट स्रोतका अनुसार उनी एकहजार भन्दा बढी मत ल्याउने छन् ।

प्रतिक्रिया दिनुहोस्