काठमाडौं । नेकपा एमालेको चितवनको सौराहामा जारी दसौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय कमिटी आज घोषणा हुने भएको छ ।
नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । बन्द सत्रको अन्तिम दिन अध्यक्ष ओलीले आज केन्द्रीय कमिटीको घोषणा गर्दै हुनुहुन्छ ।
शनिबार राति अबेरसम्म चलेको बन्द सत्रले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको थियो ।
उपमहासचिव विष्णु पौडेलले सर्वसम्मत् नेतृत्व चयन गर्दै आजै महाधिवेशन समापन हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि आजै सर्वसम्मत् नेतृत्व चयन गर्दै महाधिवेशन सकिने जानकारी दिनुभयो ।
नेकपा एमालेको चितवनको सौराहामा जारी दसौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय कमिटी आज घोषणा हुने भएको छ ।