रावलले ओली निकटलाई भोट मागेपछि जवाफ यस्तो आउँदा…


ओकेजनता डेस्क
११ मंसिर २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् ।

उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् ।

उपाध्यक्ष रावलले मत मागेपछि प्रदेश १ की सांसद समेत रहेकी नेत्री उषाकला राईले भनिन्, ‘कमरेड उम्मेदवारी फिर्ता लिनुपर्यो ।’ जवाफमा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए ।

उनले भने, ‘बरु सहमति गर्ने भए मेरै नाममा गरौं ।’ उनले ओलीसँग आफ्नो अहिलेसम्म कुनै छलफल नभएको र उम्मेदवारी दिने बताए । सौराहामा आज एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्