गगन थापालाई कोरोना संक्रमण, यस्तो छ अवस्था


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।

आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् ।

आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्