कम्युनिष्ट आन्दोलनका एक निष्ठावान व्यक्ति, जसले राजनीतिलाई पदसँग साटेनन्


ओकेजनता डेस्क
१० मंसिर २०७८, शुक्रबार

काठमाडौं । राजनीति किन र के का लागि ? भन्ने प्रश्न निकै पेचिलो र गम्भीर बन्दै गएको छ । नेपालको इतिहासमा राजनीति स्थीर नबन्दा यहाँको विकास र समृद्धिमा असर पर्दै गएको छ । पछिल्लो समय नेपाली कम्युनिष्ट आन्दोलनको ७१ वर्षे विरासत नथामिदाँ पनि धेरै प्रश्नहरु उब्जिन थालेका छन् ।

राजनीति धमिलिँदै जाँदा मुलुकमात्रै होइन, यहाँका धेरै पक्षलाई असर गर्दछ । २०७५ साल जेठ २ गतेपछि भएको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताले जुन सन्देश प्रवाह गरेको थियो त्यो क्षणभरमै तुहियो । यो बीचमा धेरैले आफ्नो राजनीतिक करिअरलाई दाउमा समेत राख्नुपर्यो ।

राजनीतिमा कतिपय व्यक्तिहरु स्वार्थमा रुमलिएका हुन्छन्, भने कतिपय व्यक्तिहरु आफू सम्पन्न भइसकेपछि जनताको सेवा गर्न तल्लीन रहन्छन् । उनीहरुलाई मुलुकको राजनीतिक परिवर्तन, सत्ता र पदले छेक्दैन ।

यहाँ पूर्वमाओवादी नेता, सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री भपट बोहराको चर्चा गरिएको छ । राजनीतिक निष्ठामा तल्लीन बोहरा विभिन्न राजनीतिक परिवर्तनपछि अहिले नेकपा एमालेको केन्द्रीय सदस्य र अछाम जिल्ला ईञ्चार्ज हुनुहुन्छ । पार्टीभन्दा माथि उठेर सुदूरपश्चिमका ग्रामिण बस्तीहरुमा बोहराले शुरुवात गरेको विकास वृत्तचित्र पक्कै लोभलाग्दो छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहँदा बोहरा गरेको यी काम निकै लोकप्रिय बने । सुदूरपश्चिम स्वरोजगार कोष स्थापना, जटीबुटी संकलन तथा प्रशोधन केन्द्रको स्थापना, सुदूरपश्चिम प्रदेशका ग्रामिण क्षेत्रमा सवारी सञ्चालन योजना, जलविद्युत, कृषिको आधुनिकीकरण गर्न मुख्यमन्त्री कृषि आधुनिकीकरण परियोजना, रामारोशनको बाढी पीडितका घाउमा मल्हम , रामारोशन पर्यटन बोर्ड, बैजनाथ पर्यटन बोर्ड स्थापना लगायतका कामहरु सुदूरपश्चिम प्रदेशका लागि निकै महत्वपूर्ण र लाभदायी छन् ।

मुलुकमा आएको राजनीतिक परिवर्तनले बोहरा मन्त्री पदमा लामो समय बस्न सकेनन्, आफ्नो सांसद पद र मन्त्री पद गुमाउनुपर्यो । तत्कालीन नेकपा विघटन भएपछि राजनीतिले फरक बाटो समायो र विभिन्न कठिन परिस्थितिको नेता, कार्यकर्ताले सामना गर्नुपर्यो । यो बीचमा स्वार्थ समूह निकै हाबी भयो, कहिले यता, कहिले उता गर्दै केही व्यक्तिहरु राजनीतिलाई घृणित तुल्याइरहेका छन् । तर, बोहराले यो कसरत गरेनन्, उनले तत्कालीन नेकपाको ठूलो हिस्सा रहेको दल (एमाले)लाई समर्थन जनाए र आफ्नो राजनीतिक भविष्यलाई नयाँ गोरेटोमा स्थापित गर्न पुगे ।

अहिले एमालेमा आवद्ध बोहरा नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको पदमा उम्मेद्वारी दिने सोचमा हुनुहुन्छ । जनताको हित र संरक्षणमा हरदम लाग्ने बोहराले यसपाली चितवनमा जारी दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदको उम्मेद्वारी दिँदै हुनुहुन्छ । मुलुकको आर्थिक क्रान्तीमा सफल बनेका बोहरालाई एमाले पंक्तिले निकै विश्वास गरेको छ ।

ओकेजनतासँग कुरा गर्दै बोहराले समग्र एमालेका नेता, कार्यकर्ताहरुलाई एकपटक विश्वास गर्न र मत दिन अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्