अध्यक्षमा ओलीका प्रतिद्वन्द्वी रावलको गलाभरी माला


ओकेजनता डेस्क
९ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज साँझ चितवन पुगेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्क्षको उम्मेदवारी दिने घोषणा गरेर पुगेका उनको भव्य स्वागत भएको छ ।

रावलको समर्थकहरु झण्डासहित स्वागतका लागि पुगेका थिए । उनको गलामा मालाहरु लगाइदिएका थिए । रावलको गलाभरी मालाले भरिएको थियो । समर्थकहरुले आफूहरुको साथ रहेको भनेका थिए । रावल उत्साही भई धन्यवाद ज्ञापन गरेका थिए ।

नवौं महाधिवेशनमा एमाले उपाध्यक्षमा सर्वाधिक मत ल्याई विजयी भएका रावलले यसपटक अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी ओलीका कटु आलोचक हुन् ।

एमाले विभाजन हुँदा रावल फुटको पक्षमा लागेनन् । उनले यसमा ठूलै राजनीतिक जोखिम मोले । उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र पर्यटनमन्त्री भइसकेका रावलसँग लामो राजनीतिक अनुभव छ ।

राजनीतिशास्त्रमा विद्यावारिधी समेत गरेका रावलले भविष्यको ढोका खोल्ने गरी ओलीलाई यसपटक चुनौती दिन खोजेका छन् । उनले ओलीविरोधी धारको नेतृत्व गर्ने रणनीति बनाएको देखिदैछ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज साँझ चितवन पुगेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्क्षको उम्मेदवारी दिने घोषणा गरेर पुगेका उनको भव्य स्वागत भएको छ ।

रावलको समर्थकहरु झण्डासहित स्वागतका लागि पुगेका थिए । उनको गलामा मालाहरु लगाइदिएका थिए । रावलको गलाभरी मालाले भरिएको थियो । समर्थकहरुले आफूहरुको साथ रहेको भनेका थिए । रावल उत्साही भई धन्यवाद ज्ञापन गरेका थिए ।

नवौं महाधिवेशनमा एमाले उपाध्यक्षमा सर्वाधिक मत ल्याई विजयी भएका रावलले यसपटक अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी ओलीका कटु आलोचक हुन् ।

एमाले विभाजन हुँदा रावल फुटको पक्षमा लागेनन् । उनले यसमा ठूलै राजनीतिक जोखिम मोले । उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र पर्यटनमन्त्री भइसकेका रावलसँग लामो राजनीतिक अनुभव छ ।

राजनीतिशास्त्रमा विद्यावारिधी समेत गरेका रावलले भविष्यको ढोका खोल्ने गरी ओलीलाई यसपटक चुनौती दिन खोजेका छन् । उनले ओलीविरोधी धारको नेतृत्व गर्ने रणनीति बनाएको देखिदैछ ।

 

प्रतिक्रिया दिनुहोस्