वडाध्यक्षको मनपरी !


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

काठमाडौं । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवनलाई गतवर्ष नै सरकारी भवनमा सार्ने भनी स्थानीय जनताबीच छलफल हुँदा समेत कार्यालय सरेको छैन । करिब २ लाख ५० हजारको लागतमा गतवर्ष पुनर्निमाण गरिएको स्वास्थ्यको भवन अलपत्र पारेर वडाध्यक्ष विष्टले आफ्नै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।


आदर्श गाउँपालिकाका अध्यक्ष टेक रोकायाका अनुसार वडा कार्यालय भवनलाई गतसाल नै सरकारी भवनमा सार्न भनिएको थियो । अध्यक्ष रोकायाले भन्नुभयो, ‘सरकारी भवन बनिसकेको छ, त्यहाँ वडा कार्यालय सार्नु भनि सल्लाह दिएको थिए । सानो तिनो विषयमा राजनीति गर्ने मान्छेले चुक्नु हुँदैन ।’ वडाध्यक्ष विष्टका छोरा गणेश विष्टको घरमा वडा कार्यालय भवन राखिएको छ ।


स्थानीयका अनुसार स्वास्थ्यको भवनमा केही दिनअघि भारतबाट आएका मानिसलाई क्वारेन्टाइन बनाएर राखिएको थियो । २ लाख ५० हजार लागतमा पुनर्निमाण गरिएको भवन अहिले अलपत्र छ । गाउँपालिकाका अनुसार सरकारी भवन बनिसकेकाले आगामी दिनमा वडा कार्यालयको भाडा तिर्न मिल्दैन । वडा कार्यालयलाई स्वास्थ्यको भवनमा सार्नुपर्ने हुन्छ ।


वडा कार्यालयको भवन निर्माणका लागि गतवर्ष ३५ लाख रकम विनियोजन गरिएको थियो । जग्गा नपाइएको भन्दै उक्त रकम फ्रिज भएको थियो । ००००

प्रतिक्रिया दिनुहोस्